२९ कार्तिक २०८२, शनिबार
,
Latest
पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’ पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति



अ+ अ-

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ ।

पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधा पहुँचमा सहज भएको हो ।

सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पुर्‍याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ । खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नति गरिएको हो । गाउँपालिकाको पहलमा सङ्घीय सरकारको बजेटमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताउनुभयो । “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ ।” रासस