२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीलाई नेकपा नेत्री झाँक्रीको यस्तो ब्यंग्य !



अ+ अ-

काठमाडौँ । नेकपा नेत्री एवं सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडो ब्यंग्यात्मक शैलीले सुझाव दिएकि छिन् । राष्ट्रपति भण्डारीले बुधबार अमेरिकाका लागि नेपली राजदूत डा।अर्जुन कार्कीलाई फोन गरी अमेरिकामा रहेका नेपालीको बारेमा चासो राखेको समाचारप्रति लक्षित गर्दै नेत्री झाँक्रीले आफ्नो ट्वीटरमा त्यस्तो ब्यंग्य गरेकी हुन् ।

उनले भनेकि छिन्– महामहिम ! अमेरिका, क्यानाडा, युरोप, अष्ट्रेलिया लगायतका विकसित मुलुकका नेपालीको चिन्ता नगरीबक्योस् । नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरु लकडाउनमा अलपत्र परेकाहरु समस्यामा छन् । व्यवस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने कि ?