७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

किन झर्किंदैछिन् प्रधानमन्त्री ?

किन झर्किंदैछिन् प्रधानमन्त्री ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको एक महिनामात्र भएको छ, तर उनी झर्किएको देख्दा त्यस्तो लाग्दैन । त्यो देख्दा लाग्छ, उनी प्रधानमन्त्री भएको बर्षौं भैसक्यो तर आफू सत्तामा पुग्नका लागि गरिएका बाचा कबुलहरु केही पूरा हुन सकिरहेको छैन ।

आज उनको प्रस्तुतिबाट त्यस्तै महसुुश गरेका छन् धेरैले । आज प्रधानमन्त्री कार्यालयबाट उनी निस्कँदै गर्दै एकजना पत्रकारले प्रश्न गरेका छन्— प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद विस्तार कहिले हुन्छ ?

प्रधानमन्त्रीको जवाफ थियो ‘भएकै छ नि !’ शब्द राम्रा भए पनि उनको हाउभाउ राम्रो थिएन । उनले झर्किंदै यसो भनिरहेका थिइन् । उनको अनुहारमा पूरै चिटचिटाहट देखिन्थ्यो भने हेराई बडो रिसाहा र डरलाग्दो ।

एक शब्दमा जवाफ दिन नभ्याउँदै उनी गाडी चढिहालिन् । मानौँ कि उनलाई अरु पनि कैयौँ प्रश्नहरु आउँदैछन् र उनले सकी नसकी ती प्रश्नको जवाफ दिनै पर्ने हुन्छ ।

त्यही हाउभाउमा उनी पत्रकारहरुबाट भाग्दै थिइन् । अनि प्रश्नको जवाफ पनि स्वाभाविक थिएन, अत्यन्तै अस्वाभाविक । किनभने धेरै समय भयो मन्त्रिपरिषद बैठक विस्तार हुन सकिरहेको छैन, केही मन्त्रीले मात्र उनले काम चलाइरहेकी छिन् ।

जस्तो कि आज नै सरकारले विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाएको छ । अहिले नेपालको अवस्था र व्यवस्था सरकारले विश्व समुदायलाई भन्नुपर्ने, अर्थात् बुझाउनुपर्ने अवस्था छ । तर परराष्ट्र मन्त्री नै छैनन् । सरकारले यस्तो बेलामा परराष्ट्र मन्त्री नै नियुक्त गर्न सकिरहेको छैन ।

आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिनु प्रधानमन्त्रीको पहिलो कर्तव्य हुन आउँछ । यो उनको न्युनतम आवश्यकताको काम पनि हो । तर यो नै उनले पूरा गर्न सकिरहेकी छैनन् । त्यसैले पत्रकारले मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछ भनेर प्रश्न गर्नु अस्वाभाविक होइन, हुँदैन ।

यो संयोग पनि हुनसक्छ कि आजै प्रधानमन्त्रीले आफूलाई जेनजी केटाहरुले आजित पारेको बताएकि थिइन् । उनलाई उद्धृत गर्दै नेपालका धेरै सञ्चारमाध्यममा आजै आएको उनको एउटा अभिव्यक्ति छ— जुँगाको रेखी पनि नबसेका केटाहरु आउँछन्, हप्काउँछन्, राति १,२ बजेसम्म पनि कराइरहेका हुन्छन् । मलाई आजि पारिसके ।

उनलाई पछिल्लो समय जेनजी को हुन् भन्ने कुराको पहिचान गर्न नै गाह्रो भएको छ । यी समूहहरुले उनलाई त आजित परेकै रहेछन् उनकै मुखबाट सुनियो । अनि विभिन्न सरकारी कार्यालयहरुमै पुगेर हाकिमहरुलाई उनीहरुले गर्ने गरेको हप्कीदप्कीको पनि गुनासो उनीकहाँ नै आउने गरेको छ, जुन स्वाभाविक पनि हो ।

सायद यसै कारणले उनी पछिल्लो समयमा इरिटेट हुने गरेको बुझिएको छ । तर कारण यतिमात्र पनि होइन । एकातिर उनले आफ्नो मन्त्रिपरिषद समेत पूर्णता दिन सकिरहेकी छैनन् भने सरकारले कामको गति लिने त झन् कुरै भएन ।

सरकारको प्रमुख कार्यादेश फागुन २१ म निर्वाचन गराउनु हो । तर त्यो कामका लागि आधारभूत काम नै सुरु भएको छैन । निर्वाचन आयोग नै नेतृत्व बिहीन छ, जसको पूर्णता कहिले हो कुनै पत्तो छैन ।

उनी आफूले राजनीतिक दलहरुलाई विश्वासमा लिएर काम गर्न सकेकी छैनन्, यसका लागि कम्तीमा एक पटक पनि दलहरुसँग बसेर सम्वाद गर्न सकेकी छैनन् । यो काम पनि सेरेमोनियल राष्ट्रपतिले गरिदिनुपरेको छ, जुन जायज होइन ।

निर्वाचन गराउने सरकारले हो, राष्ट्रपतिले होइन । सरकार नै दलहरुसँग विश्वासको वातावरण निर्माण गर्न सकेको छैन भने अनि चुनावप्रति दलको विश्वास कसरी हुन्छ र त्यसका लागि तयार हुन्छन् ?

सायद यस्तै यस्तै कार्यहरुले प्रधानमन्त्रीको यो चिट्द्धिटाहट आएको होला ।

यस्तै हो भने बरु संसद पुनर्स्थापना भइदिए आफूलाई हाइसुख्ख हुने थियो भन्ने अवस्थामा स्वयं प्रधानमन्त्री नै पुग्न सक्ने अवस्थाका संकेतहरु एकपछि अर्काे गरी देखिन थालेको स्वयं उनका निकटस्थहरु नै बताउन थालेका छन् ।