१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि



अ+ अ-

काठमाडौँ । आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् ।

अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’ को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तरराष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गर्न रुचाउने दर्शकका लागि यो महोत्सव उपयोगी हुनेछ ।” अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट छनोट समितिले गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरेको जानकारी दिनुभयो ।

“नेपालमा हरर शैलीका चलचित्रको निर्माण कम छ । यो महोत्सवले यसलाई प्रोत्साहन दिँदै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ । नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्”, उहाँले भन्नुभयो ।

महोत्सवका लागि अन्तरराष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार हुनुहुन्छ । महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।