१० भाद्र २०८३, बुधबार
,
Latest
जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि



अ+ अ-

काठमाडौँ । आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् ।

अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’ को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तरराष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गर्न रुचाउने दर्शकका लागि यो महोत्सव उपयोगी हुनेछ ।” अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट छनोट समितिले गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरेको जानकारी दिनुभयो ।

“नेपालमा हरर शैलीका चलचित्रको निर्माण कम छ । यो महोत्सवले यसलाई प्रोत्साहन दिँदै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ । नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्”, उहाँले भन्नुभयो ।

महोत्सवका लागि अन्तरराष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार हुनुहुन्छ । महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।