३१ श्रावण २०८३, आईतवार
,
Latest
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइयूसीएनको साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा रोशनी निर्वाचित



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित हुनु भएको छ ।

आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाउनु भएको छ । सात देशका उम्मेदबार रहेकोमा पाँच देशका उम्मेदबार निर्वाचित भएका छन् ।

जस अनुसार ७७२ मत सहित जापानका उम्मेबार निर्बाचित भए भने अधिकारीले ७७२ , चीनका उम्मेदबारले ६५३ ,मलेसियाका उम्मेदबारले ६११ र भारतका एक उम्मेदबारले ४८४ मत प्राप्त गरेका छन् ।

यूएइको आबुधाबीमा असोज २३ देखि सुरु भएको वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानबाट काउन्सिलरको छनोट भएको हो ।

काउन्सिलर निर्वाचित अधिकारी २ दशकदेखि वातावरण पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले सन् २०२२ अक्टोबर देखि २ वर्षे कार्यकालका लागि नेपाल वातावरण पत्रकार समूहको अध्यक्षको जिम्मेबारी निर्बाह गर्नुभएको थियो ।

अधिकारीले नेपालले व्यहोर्नु परेको जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘म आइयूसीएनको काउन्सिलर निर्वाचित भएमा हिमालय क्षेत्रको संरक्षण र इको सिस्टम बचाउन अभियान चलाउने छु।’