२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइयूसीएनको साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा रोशनी निर्वाचित



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित हुनु भएको छ ।

आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाउनु भएको छ । सात देशका उम्मेदबार रहेकोमा पाँच देशका उम्मेदबार निर्वाचित भएका छन् ।

जस अनुसार ७७२ मत सहित जापानका उम्मेबार निर्बाचित भए भने अधिकारीले ७७२ , चीनका उम्मेदबारले ६५३ ,मलेसियाका उम्मेदबारले ६११ र भारतका एक उम्मेदबारले ४८४ मत प्राप्त गरेका छन् ।

यूएइको आबुधाबीमा असोज २३ देखि सुरु भएको वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानबाट काउन्सिलरको छनोट भएको हो ।

काउन्सिलर निर्वाचित अधिकारी २ दशकदेखि वातावरण पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले सन् २०२२ अक्टोबर देखि २ वर्षे कार्यकालका लागि नेपाल वातावरण पत्रकार समूहको अध्यक्षको जिम्मेबारी निर्बाह गर्नुभएको थियो ।

अधिकारीले नेपालले व्यहोर्नु परेको जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘म आइयूसीएनको काउन्सिलर निर्वाचित भएमा हिमालय क्षेत्रको संरक्षण र इको सिस्टम बचाउन अभियान चलाउने छु।’