१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको महासचिवमा शर्मा ,गुरुङ र बस्नेतको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवमा तीन नेताले दाबी गरेका छन् । महाधिवेशनबाट मनोनित भएका २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । 

पदाधिकारी चयनका लागि ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा पहिलो केन्द्रीय समितिको बैठक बस्दैछ । अध्यक्षमा पुष्पकमल दाहालको नै निरन्तरता रहने पक्का पक्कि भएपनि अर्को प्रमुख पद महासचिवमा भने तीन नेताले अडान राखेका छन् ।

यस अघि महासचिबमा दाबी गर्दै आउनु भएका नेता वर्षामान पुनलाई उपाध्यक्ष बनाउने दाहालको तयारी रहेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । तर नेताहर जनार्दन शर्मा, देव गुरुङ र शक्ति बहादुर बस्नेत महासचिबका लागि अगाडी सार्नुभएको छ ।

दाहाल निकट एक नेताले भन्नुभयो, 'जनार्दन र वर्षामानले एक अर्कालाई स्वीकार नगर्ने भएका कारण शक्ति बस्नेतलाई अध्यक्षले अगाडी सार्नुभएको हो तर पार्टी भित्रको सन्तुलन मिलाउनका लागि देव गुरुङको सम्भावना बलियो देखिएको छ ।'