२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध दायर रिटको पेसी कार्तिक १२ मा



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटको पेसी आगामी कार्तिक १२ गतेका लागि तोकेको छ ।

सर्वोच्चमा अधिवक्ता युवराज सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका हुन् । सफलले आफ्नो रिटमा संविधानको मर्म र प्रावधान विपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

रिटमा सफलले प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानको धारा अनुसार नहुने भन्दै त्यसलाई असंवैधानिक घोषित गर्न र आवश्यक आदेश जारी गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले प्रारम्भिक अध्ययनपछि रिटलाई पूर्ण इजलासमा पेस गर्ने तयारी गरेको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा पुगेका थिए ।

पेसीकै दिन अदालतले मुद्दा पेशी सूचीमा राखेर प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।