२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कोरोना पोजेटिभ देखियो, टेकुमा देखिएन



अ+ अ-

पोखरा । पोखरामा पोजेटिभ देखिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोजेटिभ देखिएका ब्याक्तिको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट नेगेटिभ भएको जनाएको छ ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा प्रतिष्ठानले पोजेटिभ रिपोर्ट आएको जनाएको थियो । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए ।