५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताउनु भयो । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताउनु भयो ।

उहाँले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गर्नुभयो । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’

उहाँले केन्द्रिय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताउनु भयो ।