२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताउनु भयो । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताउनु भयो ।

उहाँले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गर्नुभयो । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’

उहाँले केन्द्रिय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताउनु भयो ।