२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग



अ+ अ-

काठमाडौं । कोरोना महाव्याधीका कारण श्रृजना भएको बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधी विरुद्ध सार्वजनिक पहलको शुरुवात भएको छ ।

कोरोना महाव्याधीका कारण सिर्जित संकटले नेपाललाई पनि छोइसकेको छ । विश्वका अतिविकसित देशलाई समेत यसका विविध प्रभावहरुको लेखाजोखा तथा त्यसको लागिआवश्यक पहल लिन हम्मे हम्मे परिरहेको अवस्थामा नेपाल जस्तो विकासशील मुलुकलाई यसको व्यवस्थापन गर्न मुस्किल पर्नु स्वभाविक नै हो ।

कोरोना महाव्याधीलाई व्यवस्थापनगर्ने सवालमा नेपाल सरकारका विभिन्न कमिकमजोरी छन्,यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्नगर्ने, निगरानीगर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो । सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पु¥याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकाय सम्म प्रभावकारी ढंगले पु¥याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेशहुँदै पालिका स्तर सम्म संयोजन समितिहरु रहनेछन् ।अन्त्यमा राज्यले गरेकाकार्य एवं यसअभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ । हाललाई केन्द्रमा निम्नव्यक्तिहरु रहेको संयोजन समिति गरिएको छ ।


केन्द्रीय संयोजन समिति
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद लुना रन्जित
अधिकारकर्मी
सांसद प्रदीपगिरी राजनीतिज्ञ, डा. लोचन कार्की चिकित्सक, डा. कल्याणराज शर्मा अर्थशास्त्र,

व्यवस्थापन

डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ
कृष्ण आचार्य
उद्यमी व्यवसायी

विश्वदीप पाण्डे
संचार क्षेत्र
जनकराज जोशी
पूर्व सचिव, संविधानसभा सदस्य डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ
डा. दोभान राई
सूचनाप्रविधि विज्ञ डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद
प्रदीप परियार
सामाजिक अभियन्ता सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी
ब्रबिम कुमार
सामाजिक अभियन्ता डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजनाआयोग
डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक