२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाको र्‍यापिड टेस्टिङ गरिने



अ+ अ-


काठमाडौँ । नेपाल सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरसको परीक्षण र्‍यापिड टेस्टिङ किटबाट गरिने निर्णय गरेको छ । यस्तो किट प्रयोग गरेर परीक्षण गर्ने निर्णय भएको जनाइएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले यी जिल्ला देखिएको संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले परीक्षणको गति बढाउन खोजेको बताए।

र्‍यापिड टेस्टिङ किटबाट परीक्षण गर्दा पोजेटिभ आएका नतिजालाई फेरि ुक्रसचेकुका लागि पिसिआर जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइने पनि उनले जानकारी दिए।

सरकारले गत साता चीनबाट अरू स्वास्थ्य सामग्री ल्याउँदा र्‍यापिड टेस्टिङ किट पनि ल्याएको छ। यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिन सक्छ। तर विश्व स्वास्थ्य संगठनले यो किटलाई मान्यता दिएको छैन।

स्वास्थय क्षेत्रका विज्ञहरूले पनि यस्ता किटले दिने नतिजा धेरै नमिल्ने गरेको भन्दै यसको प्रयोग गर्न निरुत्साहित गरिरहेका छन्। सरकारले भने यो चीन सरकारले प्रमाणित गरेको कम्पनीबाट ल्याइएको जनाएको छ।