१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा बेलाबेला यस्ता घटना हुन्छन्: देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ २४ गते सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको बताउनु भयो । घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको बताउनु भयो । आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको बताउनु भयो । आफ्नो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुप¥यो तपाइहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो । तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु ।’

‘मेरा राजनीतिक जीवन यात्रामा भोगेका तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ । म यो बैठकबाट आक्रमणकारीहरुको कव्जावाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु ।’

सभापति देउवाले पछिल्लो घटनाक्रम देश, पद्धति र पार्टी माथिको आक्रमण भएको बताउनु भयो ।