८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन: उपेन्द्र यादव

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन: उपेन्द्र यादव
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गर्नुभएको छ ।

जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको बताउनुभएको हो ।

उहाँले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताउनु भयो । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गर्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उहाँको भनाई थियो । यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरुसँग छलफल र बहस गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले संविधान पुनःलेखनको जरुरी रहेको बताउनु हुँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताउनु भयो । मध्यावधि निर्वाचन पूर्व नै  संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘हामीलाई थाहा छ, यो सरकार संविधानअनुकुल छैन । संसद विघटन पनि संविधानअनुकुल छैन । आवश्यकताको सिद्धान्तका आधारमा यो सरकार बनेको हो । चुनाव गर्ने दायित्व यो सरकारको छ । एक महिनासम्म कुनै काम गरेको छैन । अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन, के बिना राजनीतिक दलको निर्वाचन सम्भव छ ? राजनीतिक दलले भाग लिएनन् भने चुनाव सम्भव छैन । यदी चुनाव भएपछि राजा ज्ञानेन्द्रले गर्नुभएको भन्दा ठूलो चुनाव हुँदैन । अहिलेसम्म चुनावको वातावरण छैन ।’

अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराउनु भयो । उहाँले संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताउनु भयो । संघीयता खारेजीको माग उठाए आफूहरु मौन नबस्ने चेतावनी दिनुहुँदै उहाँले संघीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताउनु भयो । अध्यक्ष यादवले जेन जी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५—३६ वर्षमा काँग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताउनु भयो । काँग्रेस र कम्यनिष्टहरुले सत्ताको खेलमा राजनीतिक अस्थिरतामात्रै पैदा गरेको आरोप लगाउनु भयो । बारम्बार प्रधानमन्त्री बनेपनि देशलाई बर्बाल पार्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।