२४ कार्तिक २०८२, सोमबार
,
Latest
चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन: उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गर्नुभएको छ ।

जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको बताउनुभएको हो ।

उहाँले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताउनु भयो । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गर्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उहाँको भनाई थियो । यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरुसँग छलफल र बहस गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले संविधान पुनःलेखनको जरुरी रहेको बताउनु हुँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताउनु भयो । मध्यावधि निर्वाचन पूर्व नै  संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘हामीलाई थाहा छ, यो सरकार संविधानअनुकुल छैन । संसद विघटन पनि संविधानअनुकुल छैन । आवश्यकताको सिद्धान्तका आधारमा यो सरकार बनेको हो । चुनाव गर्ने दायित्व यो सरकारको छ । एक महिनासम्म कुनै काम गरेको छैन । अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन, के बिना राजनीतिक दलको निर्वाचन सम्भव छ ? राजनीतिक दलले भाग लिएनन् भने चुनाव सम्भव छैन । यदी चुनाव भएपछि राजा ज्ञानेन्द्रले गर्नुभएको भन्दा ठूलो चुनाव हुँदैन । अहिलेसम्म चुनावको वातावरण छैन ।’

अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराउनु भयो । उहाँले संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताउनु भयो । संघीयता खारेजीको माग उठाए आफूहरु मौन नबस्ने चेतावनी दिनुहुँदै उहाँले संघीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताउनु भयो । अध्यक्ष यादवले जेन जी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५—३६ वर्षमा काँग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताउनु भयो । काँग्रेस र कम्यनिष्टहरुले सत्ताको खेलमा राजनीतिक अस्थिरतामात्रै पैदा गरेको आरोप लगाउनु भयो । बारम्बार प्रधानमन्त्री बनेपनि देशलाई बर्बाल पार्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।