८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न मागः मंगलवारबाट आन्दोलन

भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न मागः मंगलवारबाट आन्दोलन
अ+ अ-

काठमाडौँ । किसान र श्रमिक संगठनहरुले सरकारले हालै खारेज गरेको भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न माग गरेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले उक्त माग राखेका हुन् । सरकारले गत असोज २३ गते पूर्ववर्ति सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गरेको थियो । दुवै संगठनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार आयोग खारेज गरेर भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी, श्रमजीवि गरिब जनताको हक अधिकार कुण्ठित गर्न उद्यत भएको आरोप लगाएका छन् ।

मानव अधिकार प्रतिकुल हुनेगरी सरकारले गरेको गैरजिम्मेवारपूर्ण निर्णयको भत्सर्ना गर्दै दुई संगठनले आयोगको पुनःस्थापनाको माग गरेका छन् । अखिल नेपाल किसान महासंघका प्रचार विभाग प्रमुख डा. भेषराज अधिकारीले आयोगले तीन वटै तहका सरकारसँगको समन्वयमा सुकुम्वासी, अव्यवस्थित बसोवासी र भूमिहीन दलितको आँकडा लिने, विद्यमान ऐन तथा नियममा रहेका कमिहरू पहिचान गरी संशोधन गर्ने तथा विज्ञ विशेषज्ञ एवं दक्ष कर्मचारीको संरचना निर्माण गरेर जग्गा धनी प्रमाण पूर्जा वितरणलाई द्रुततर ढंगबाट काम गरिरहेको बताउनु भयो । तर चुनाव मात्रै गराउने कार्यादेश पाएको अन्तरिम सरकारले पूर्वाग्रही ढंगले उक्त आयोग खारेज गरेको दुई संगठनको आरोप छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी समेत २३ लाख बढीको लगत संकलन भूमि समस्या समाधान गरिसकेको थियो ।

अखिल नेपाल किसान महासंघ अध्यक्ष डा. प्रेम दंगालले भूमि समस्या समाधान आयोग पुनःस्थापना गरेर बाँकी रहेका काम अगाडी बढाउन माग गर्नुभएको छ । सामाजिक न्याय र उत्पादन वृद्धिको हिसाबले जमिन भुमीहिन किसानलाई वितरण गर्ने काम सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भुमीसम्बन्धी आयागहरु पटकपटक बनेपनि काम हुन नसकेको बताउनु भयो । तर यो आयोगले महत्वपूर्ण काम गरिरहेको अवस्थामा हठात ढंगले विघटन गर्ने काम गरिएको बताउनु भयो ।

भूमि समस्या समाधान आयोग खारेज गरिएको विरोधमा किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गर्ने भएका छन् । मंगलवार अपरान्ह ३ बजे काठमाडौंको तीनकुनेमा एक घण्टा प्रदर्शन तथा कोणसभा आयोजना गर्न लागिएको हो । असोज २९ गते दिनको १२ बजे मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।