१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४४ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो ।

आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ४४, व्यापार दुई दशमलव ८१ र अन्य समूह पाँच दशमलव ०१ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३१ करोड ९१ लाख चार हजार ७३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैङ्क लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता शेयर किनबेच भएको हो ।