९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलिउड अभिनेत्री डायन किटनको निधन



अ+ अ-

एजेन्सी । हलिउडकी प्रसिद्ध अभिनेत्री डायन कीटनको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनले ‘एनी हल’ र ‘द गडफादर’ जस्ता सुपरहिट फिल्महरूमा अभिनय गरेकी थिइन् ।

उनी निधन भएको समाचार सबैभन्दा पहिले पिपल म्यागजिनले सार्वजनिक गरेको थियो । त्यसपछि उनकी छोरी डेक्स्टर कीटन ह्वाइटले उक्त खबरको पुष्टि गरेकी हुन् । परिवारले सञ्चारमाध्यम र प्रशंसकहरूलाई गोपनीयता (प्राइभेसी) कायम राख्न आग्रह गरेको छ।

कीटनको मृत्यु क्यालिफोर्नियामा भएको हो । उनको मृत्युको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । जानकारी अनुसार शनिबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो । बिहान करिब ८ बजेर ८ मिनेटमा एम्बुलेन्स उनको घरमा पुगेको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

जानकारी अनुसार कीटन पछिल्ला केही महिनादेखि बिरामी थिइन् । उनी आफ्नो परिवारसँग बस्दै आएकी थिइन् र साथीहरूसँग दूरी बनाएकी थिइन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे खुलस्त कुरा गरेकी थिइन् । उनी ‘इटिङ डिसअर्डर’ नामक समस्याबाट पीडित थिइन्, जसमा व्यक्ति आफ्ना खाने बानीहरूलाई नियन्त्रण गर्न नसक्ने समस्या हुन्छ ।

कीटनले ‘द गडफादर’ र ‘एनी हल’ बाहेक ‘म्यानहटन’, ‘द फर्स्ट वाइभ्स क्लब’, ‘बुक क्लब फ्रेन्चाइज’, ‘फादर अफ द ब्राइड’ र ‘समथिङ्स गट्टा गिभ’ जस्ता फिल्महरूमा पनि अभिनय गरेकी थिइन् ।

‘एनी हल’ फिल्मका लागि उनले उत्कृष्ट अभिनेत्रीको अस्कार अवार्ड जितेकी थिइन् । त्यसबाहेक उनलाई तीन पटक अरू फिल्महरूका लागि पनि अस्कारमा नामांकन गरिएको थियो ।

कीटनले कहिल्यै विवाह गरेकी थिइनन्, तर वुडी एलेन, वारेन बिटी र आल पाचिनोसँग उनका सम्बन्धका चर्चा रहँदै आएका थिए । उनले एक पटक भनेकी थिइन्, “म विवाहका लागि बनेकी थिइनँ। मलाई बच्चा चाहिन्थ्यो, पति होइन ।”

उनले दुई बच्चा — छोरी डेक्स्टर र छोरा ड्यूक — लाई लालनपालन लिएकी थिइन् ।