३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

कोरोनासंग लड्न सरकारले अपनाउनुपर्ने रणनीति : डा. रवीन्द्र पाण्डे

कोरोनासंग लड्न सरकारले अपनाउनुपर्ने रणनीति : डा. रवीन्द्र पाण्डे
अ+ अ-

ब्यबहारिक रुपमा भन्नुपर्दा भारतले जहिलेसम्म लक डाउन गर्छ, त्यो बेला सम्म नेपालले पनि लक डाउन गर्नुपर्छ । अन्यथा उताको महामारी यता आउने डर हुन्छ । भारतले अझै १ महिना लक डाउन गर्छ । भारतले छिटो लक डाउन खोल्यो भने पनि नेपालले सिमा क्षेत्रमा पुरै लक डाउन गर्नुपर्छ ।

दैनिक काम गरेर खाने व्यक्ति, अति निम्न आय भएका व्यक्ति तथा कोरोना संक्रमणले बेरोजगार भएका व्यक्तिलाई राज्यले महिनाको १५,००० (नगद तथा ५० किलो चामल राहत दिनुपर्छ) भोको पेटले लक डाउन पालना गर्न गाह्रो हुन्छ ।

स्थानीय निकायले प्रति परिवार के कति राहत दिने भनेर सरकारले निर्देशन दिनुपर्छ । प्रदेश सरकारले रोग नियन्त्रण तथा राहत कार्यक्रम चलाउनु पर्छ ।

सुरक्षा निकायलाई बोर्डरमा बाक्लो गस्ती तथा सिमानाका बासिन्द्लाई राहत सहित जनचेतना प्रदान गर्नुपर्छ ।

त्यस्तै राज्यले गाउँ जाने बाध्यता भएका तर सहरमा फसेका व्यक्तिहरुलाई २(३ दिनको समय दिएर गाउँ जाने प्रबन्ध गर्नुपर्छ ।

प्रधानमन्त्री रोजगार कोष, सांसद बिकास कोष जस्ता कार्यक्रमको बजेट राहतमा खर्च गर्नुपर्छ ्र पहिले मान्छेको ज्यान बचाउनु ठूलो कुरा हो ।

बिरामी हेर्न नमान्ने प्राइभेट अस्पताललाई राज्यले लिनुपर्दछ,्र यसमा कम्प्रोमाइज गर्नु हुँदैन ।

त्यस्तै औषधि उपकरण खरिद अनियमितता गरेका सबैलाई बर्खास्त गर्नुपर्छ ्र यसो गरेमा भ्रष्ट डराउने अवस्था आउँछ ।

यो महा बिपद्मा भ्रष्ट्राचार गर्ने, कमिसन खाने, सेटिंग मिलाउने, सक्रिय भएर काम नगर्नेलाई देशद्रोहको मुद्दा लगाएर जेल हाल्नुपर्छ । कालोबजारी गर्नेलाई पनि देशद्रोहको मुद्दा चलाउनु पर्छ ।

प्रत्येक वडामा सुपथ मूल्य पसल खोल्नुपर्छ,्र जनतालाई सुगम हुनेगरी अत्यावश्यक बस्तु तथा औषधिको उपलब्धतामा ध्यान दिनुपर्दछ ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रि , राजनैतिक लाभको पदमा बसेका व्यक्ति आदिले आफ्नो कमाइको ५० प्रतिशत राज्यकोषमा दाखिल गर्नुपर्दछ ।

बिद्यालय, अस्पताल, सेवाग्राही सरकारी कार्यालय, निजि कार्यालय आदिले अनलाइन कार्यक्रम सुरु गर्नुपर्छ ।

कोरोना परिक्षण गरेर नेगेटिभ देखिएका मजदुरलाई उद्योगमै खाने, बस्ने, काम गर्ने ब्यबस्था गर्नुपर्छ ।

कोरोना संक्रमण परिक्षणको दायरा बढाएर कोरोना नेगेटिभ भएकाहरुबाट कार्यालय, पसल लगायतका काम गराउनुपर्छ ्र कोरोना भाइरस हराउन लामो समय लाग्न सक्छ भन्ने कुरा हेक्का राखेर सुरक्षितरूपमा काम गर्ने प्लान बनाउनु जरुरी छ ।

सातै प्रदेशका ठूला अस्पताल वा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा बिकास गर्नुपर्छ ्र हरेक जिल्ला अस्पतालमा कोरोना जाँचको ब्यबस्था गर्नुपर्छ ।

सरकारले चीन, भारत, ध्ज्इ देखि अन्य सम्भब ठाउबाट कोरोना जाच किट , एएभ् तथा भेन्टिलेटर ब्यबस्था गर्न बिभिन्न कुटनीतिक च्यानल प्रयोग गर्नुपर्दछ ्र

आइसीयु तथा भेन्टिलेटर चलाउने जनशक्ति हामीकहाँ कमी छ, सयौं डाक्टर तथा नर्सलाई भेन्टिलेटर चलाउने तथा आइसीयुमा काम गर्ने तालिम दिनु अपरिहार्य छ ्र दक्ष जनशक्ति नभए उपकरणको कुनै अर्थ हुँदैन ।

स्वदेश आउन चाहने नेपालीलाई स्वदेश ल्याएर ३ हप्ता क्वारेन्टाइनमा राखेर घरफिर्तीको बाताबरण बनाउनुपर्छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा मन्त्रीहरु मात्र होइन सम्बन्धित क्षेत्रका कर्मठ बिज्ञहरुलाई राख्नुपर्छ ।