२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग चौबिसै घण्टा क्रियाशील छः भण्डारी



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उहाँले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताउनुभएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले शुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा हाम्रो आयोग चौविसै घण्टा क्रियाशील छ । काम गरिराखेको छ । यहाँहरुले विभिन्न सञ्चार माध्यामहरुबाट पनि देखिरहनुभएको होला । निर्वाचन तोकिएको समयमा कुनैपनि हालतमा सम्पन्न गर्नुपर्छ । त्यो प्रयोजनका लागि राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, बुद्धिजीविहरु, पत्रकारहरु, अझ विशेष गरेर राजनीतिक दल, सञ्चारकर्मी साथीहरुको विशेष भूमिका रहन्छ । र उहाँहरुसँग हामीले विविध तरिकाले छलफल गरिराखेका छौ । पहिला त हामीले निर्वाचनको व्यवस्थापनको पक्षलाई थोरै समय लियौं । र, निर्वाचन व्यवस्थापनको पक्षलाई जव हामीले सम्बोधन गरिसक्याँै । अनि हामीले निर्वाचनको कार्यतालिका बनाएर त्यस अनुसार हामी धमाधम काम गरि राखेका छौं । जस्तो कतिपय बाधा अड्चनहरु थिए । ती अध्यादेशमार्फत फुकाएर भएपनि हामीले मतदाताहरुको मतदाता नामावली संकलन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिसकेका छौं । त्यो कार्य सुचारु रुपमा अघि बढेका छन् । दैनिक रुपमा ठूलो मात्रामा छुट्नुभएका मतदाताहरु अहिले मतदाता नामावलीमा समावेश गर्न आइरहनुभएको छ । यसरी हामीले मतदाता शिक्षाको सन्दर्भमा सचेतनापूर्ण ढंगबाट शुरुदेखि नै कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’

कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिब्रता पाएको पनि स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको बताउनु भयो ।