२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग चौबिसै घण्टा क्रियाशील छः भण्डारी



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उहाँले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताउनुभएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले शुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा हाम्रो आयोग चौविसै घण्टा क्रियाशील छ । काम गरिराखेको छ । यहाँहरुले विभिन्न सञ्चार माध्यामहरुबाट पनि देखिरहनुभएको होला । निर्वाचन तोकिएको समयमा कुनैपनि हालतमा सम्पन्न गर्नुपर्छ । त्यो प्रयोजनका लागि राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, बुद्धिजीविहरु, पत्रकारहरु, अझ विशेष गरेर राजनीतिक दल, सञ्चारकर्मी साथीहरुको विशेष भूमिका रहन्छ । र उहाँहरुसँग हामीले विविध तरिकाले छलफल गरिराखेका छौ । पहिला त हामीले निर्वाचनको व्यवस्थापनको पक्षलाई थोरै समय लियौं । र, निर्वाचन व्यवस्थापनको पक्षलाई जव हामीले सम्बोधन गरिसक्याँै । अनि हामीले निर्वाचनको कार्यतालिका बनाएर त्यस अनुसार हामी धमाधम काम गरि राखेका छौं । जस्तो कतिपय बाधा अड्चनहरु थिए । ती अध्यादेशमार्फत फुकाएर भएपनि हामीले मतदाताहरुको मतदाता नामावली संकलन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिसकेका छौं । त्यो कार्य सुचारु रुपमा अघि बढेका छन् । दैनिक रुपमा ठूलो मात्रामा छुट्नुभएका मतदाताहरु अहिले मतदाता नामावलीमा समावेश गर्न आइरहनुभएको छ । यसरी हामीले मतदाता शिक्षाको सन्दर्भमा सचेतनापूर्ण ढंगबाट शुरुदेखि नै कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’

कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिब्रता पाएको पनि स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको बताउनु भयो ।