२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विहिवारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पूर्वी तराई भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाले मौसम पूर्वानुमानमा उल्लेख गरेअनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागमा आंशिक बदली रहनेछ।

यसैगरी, पूर्वी तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै बिहीबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यता, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।