२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विहिवारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पूर्वी तराई भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाले मौसम पूर्वानुमानमा उल्लेख गरेअनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागमा आंशिक बदली रहनेछ।

यसैगरी, पूर्वी तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै बिहीबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यता, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।