२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको स्थापना दिवसका दिन सहमहामन्त्री डा.महतको आह्वान



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आज चैत्र २७ नेपाली काँग्रेसको स्थापना भएको दिनको स्मरण गर्दै यस अवसरमा नेपाली काँग्रेसलाई आफ्नो सत्रु चिनेर सबैखाले चुनौतीहरुको सामना गर्न एकताबद्ध भई बस्न काँग्रेसका समग्र कार्यकर्ता एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् ।

विसं २००६ चैत्र २७ गते नेपाली राष्ट्रिय काग्रेस र नेपाल प्रजातांत्रिक काग्रेस पार्टीको एकीकरण भएर नेपाली काग्रेस पार्टीको स्थापना भएको स्मरण उनले गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपाललाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालक़ो क्रान्तिको अगुवाई गर्ने देखि लिएर नेपाली राजनीतिको हरेक अग्रगामी परिवर्तनको अगुवाई नेपाली काग्रेसले नै गरेको उनले बताएका छन् ।

उनले नेपाली काँग्रेसको नेपाली प्रजातान्त्रिक आन्दोलनमा रहेको गौरवपूर्ण इतिहासलाई देशको वर्तमान अवस्थासँग जोड्दै भनेका छन्- ‘आज फेरि देस अन्योल र संकटमा छ । नेपाली जनताले जसलाई विश्वास दिएका थिए उनीहरुले जनअपेक्षा अनुरुपाको कार्यसम्पादन गर्न नसकेकोले नेपाली जनता यतिखेर निरासामा छन। यो अन्योलबाट निकास दिने अगुवाई काग्रेसले गरोस भन्ने नेपाली जनताले यतिखेर चाहेक़ा छन।

उनले थप भनेका छन्- आज यो गौरवसाली पार्टीको स्थापना भएक़ो दिन हामी सबै घरघरमा छौँ। यस बेला हामी इतिहासलाई स्मरण गरौँ, वर्तमानको समीक्षा गरौँ, भविश्यक़ो चुनौती र अवसरको मूल्यांकन गरौ।

उनले नेपाली काँग्रेसबीचमा नै आफ्नैलाई सत्रु देख्ने तथा आफूबीचकै लडाईँले नेपाली काँग्रेस अहिले यो अवस्थामा आइपुगेको संकेतगर्दै अघि भनेका छन्- ‘हाम्रो लड़ाई कोसँग छ त्यो बुझौँ । एकतामा हाम्रो शक्ति छ । आफूबीच शत्रु देख्ने हाम्रो कमजोरी हो। त्यो हटाऊँ। एक हौँ । शक्ति बढाऊँ । दृष्टिकोण स्पष्ट राखौं । चुनौती सामना गर्न तयार हौँ।