१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको स्थापना दिवसका दिन सहमहामन्त्री डा.महतको आह्वान



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आज चैत्र २७ नेपाली काँग्रेसको स्थापना भएको दिनको स्मरण गर्दै यस अवसरमा नेपाली काँग्रेसलाई आफ्नो सत्रु चिनेर सबैखाले चुनौतीहरुको सामना गर्न एकताबद्ध भई बस्न काँग्रेसका समग्र कार्यकर्ता एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् ।

विसं २००६ चैत्र २७ गते नेपाली राष्ट्रिय काग्रेस र नेपाल प्रजातांत्रिक काग्रेस पार्टीको एकीकरण भएर नेपाली काग्रेस पार्टीको स्थापना भएको स्मरण उनले गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपाललाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालक़ो क्रान्तिको अगुवाई गर्ने देखि लिएर नेपाली राजनीतिको हरेक अग्रगामी परिवर्तनको अगुवाई नेपाली काग्रेसले नै गरेको उनले बताएका छन् ।

उनले नेपाली काँग्रेसको नेपाली प्रजातान्त्रिक आन्दोलनमा रहेको गौरवपूर्ण इतिहासलाई देशको वर्तमान अवस्थासँग जोड्दै भनेका छन्- ‘आज फेरि देस अन्योल र संकटमा छ । नेपाली जनताले जसलाई विश्वास दिएका थिए उनीहरुले जनअपेक्षा अनुरुपाको कार्यसम्पादन गर्न नसकेकोले नेपाली जनता यतिखेर निरासामा छन। यो अन्योलबाट निकास दिने अगुवाई काग्रेसले गरोस भन्ने नेपाली जनताले यतिखेर चाहेक़ा छन।

उनले थप भनेका छन्- आज यो गौरवसाली पार्टीको स्थापना भएक़ो दिन हामी सबै घरघरमा छौँ। यस बेला हामी इतिहासलाई स्मरण गरौँ, वर्तमानको समीक्षा गरौँ, भविश्यक़ो चुनौती र अवसरको मूल्यांकन गरौ।

उनले नेपाली काँग्रेसबीचमा नै आफ्नैलाई सत्रु देख्ने तथा आफूबीचकै लडाईँले नेपाली काँग्रेस अहिले यो अवस्थामा आइपुगेको संकेतगर्दै अघि भनेका छन्- ‘हाम्रो लड़ाई कोसँग छ त्यो बुझौँ । एकतामा हाम्रो शक्ति छ । आफूबीच शत्रु देख्ने हाम्रो कमजोरी हो। त्यो हटाऊँ। एक हौँ । शक्ति बढाऊँ । दृष्टिकोण स्पष्ट राखौं । चुनौती सामना गर्न तयार हौँ।