२३ श्रावण २०८३, शनिबार
,
Latest
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो



अ+ अ-

भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताउनुभयो । “फुसको छानो हुँदा धेरै समस्या थियो”, उहाँले भन्नुभयो, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।”

गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ । “आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,” निरौलाले भन्नुभयो, “छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।”

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताउनुभयो । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।