२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले दुई वर्षदेखि बन्धक बनाएका विपिन जोशीको भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । प्यालेस्टिनी समूह हमासले दुई वर्षदेखि बन्धक बनाएर राखेका नेपालका विपिन जोशीको भिडियो सार्वजनिक भएको छ ।

इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिनको भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् । तर यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । गाढा नीलो कपडा लगाएको उनको यो भिडियो पुरानो हुन सक्ने अनुमान छ ।

नेपालबाट अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएको छैन ।

विपिनको परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।

विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।

सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए । रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भए ।