३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

यी घरेलु उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन् : डा. रवीन्द्र पाण्डे

यी घरेलु उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन् : डा. रवीन्द्र पाण्डे
अ+ अ-

कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी श्वासनली हुँदै फोक्सोमा पुग्दछ । फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन । त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ । सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ ।

ती सुन्निएका तथा संक्रमित कोषको समुह Alveoli मा संक्रमण भएपछि फोसोमा पानी तथा पीप भरिदै जान्छ । त्यसपछि श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ । अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् , त्यसपछि बिरामीको मृत्यु हुन्छ ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण हरेक देशमा औषधि उपकरण, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्यकर्मीको चरम अभाव छ । एकैपटक सबै देशमा उही रोग फैलिएकोले एउटा देशले अर्को देशलाई सहयोग गर्न समस्या छ । यस्तो अवस्थामा हामी आफैले सतर्कता अपनाउनुको बिकल्प छैन ।

यसको लागि संक्रमण रोक्नु हाम्रो प्राथमिक दायित्व हो । संक्रमित भइयो भने त्यसलाई निमोनिया हुनबाट रोक्नु अर्को दायित्व हो । अन्तराष्ट्रिय रुपमा अभ्यासमा आएको तथा हाम्रो पुर्बिय सभ्यता अनुसार इम्युनिटी पावर बढाउनको लागि यी उपायहरु प्रभावकारी छन् । नेपालीहरु अन्य देशका नागरिकको तुलनामा संक्रमणबाट धेरै सुरक्षित हुनाको कारण हाम्रो जीवनशैली तथा खानपिन नै हो । कोरोना संक्रमणबाट बचनको लागि तल उल्लेखित बिधिहरु अपनाउनुहोला ।

१. बेसार तथा अदुवाको सेवनः बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।

२.नुनपानीको कुल्लाः छिटो आराम महशुष गर्नको लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घांटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।

३. चिया तथा कफी सेवनः तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफिमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ । जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।

४. प्रशस्त झोलिलो पदार्थको सेवनः श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आबश्यक पानीको मात्रा पुरा गर्दछ । यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफुलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।

५. मेथीको प्रयोगः मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ ्र मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले स्वाश्प्रश्वासका रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रुपमा वा भिजाएर काँचै खान पनि सकिन्छ । मेथीको साग झन् गुणकारी हुन्छ ।

६. तातोपानीको स्नानः तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।

७. तातो सुप तथा खानाः बिभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ । यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ । तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।

८. हर्बल टिः हर्बल चियाले रोगको संसारसंग लड्न ठूलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरु निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ ।्र हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ ।

निमोनिया यस्तो रोग हो यसले विश्वभरमा बार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ ।

९. प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा स्वाश्प्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन् ।

१०. प्राणायामः स्वाश्प्रश्वासको व्यायाम अर्थात प्राणायामले नाक, मुख तथा घांटीमा रहेको अबरुद्ध हटाउंछ । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउंछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाब हटाउंछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।

११. सुर्यस्नानः दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ ।

१२. पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ बाताबरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउंछ ।

चिन्ता, तनाब, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसंग लड्ने क्षमता घटाउँछ । तसर्थ दैनिक यति लाख संक्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आबश्यक छैन । उदाहरणको लागि १ लाख जनसंख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति संक्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन । अर्थात संक्रमित नभइकन रोगसँग लड्ने क्षमताको बिकास हुन्छ । ती ६० हजार संक्रमित मध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन । बाँकी १५ प्रतिशत मध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन । बाँकी आधा संक्रमितलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । आइसियुमा रहेका ती बिरामी मध्ये आधालाई सन्चो हुन्छ । त्यो एक लाख जनसंख्या भएको बस्तीमा यसरी मृत्यु हुने २/३ हजार हुन सक्छन । त्यो २/३ हजारमा अधिकांश ८० बर्ष नाघेका, किड्नीको समस्या, मुटुको समस्या, क्यान्सर, अंग प्रत्यारोपण गरेका, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका, स्वाश्प्रश्वासका दीर्घबिरामी तथा इम्युनोसप्रेसान्ट व्यक्ति हुनेछन ।

त्यसैले किन डर मान्ने ? सतर्क रहौं, सुरक्षित बसौं, डाटा हेरेर डर नमानौं । त्यो क्षेत्रमा ९५% व्यक्तिको निधन भयो भने हामी ५ प्रतिशतमा पर्छौं भनेर आफ्नो इम्युनिटी पावरमाथि विश्वास गरौँ । प्रत्येक मान्छे हेर्दा उस्तै भएपनि नितान्त फरक क्षमताका हुन्छन् । त्यसैले मलाइ केहि हुँदैन, मेरो परिवारलाई केहि हुँदैन, मेरा आफन्तलाई केहि हुँदैन भनेर आत्मबल बलियो बनाऔं । आत्मबल सामु क्यान्सर त पराजित हुन्छ भने यो कोरोना भाइरसको के नै लाग्ला र ?