३१ श्रावण २०८३, आईतवार
,
Latest
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठकमा कार्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको खाकाबारे छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

कार्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरुबारे पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रश्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको बताउनु भयो ।

नेपालभर गत हप्ता भएको विपद्जन्य क्षतिको उद्धार र सहयोगमा पार्टीले गरेको सहयोगबारे पनि छलफल भएको बताउनु भयो । सद्भाव यात्राबारे पनि छलफल भएको बताउनु भयो ।

शुक्रवार ११ बजेदेखि सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । जेन जी आन्दोलनबारे धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरुमध्ये रास्वपा पहिलो दल भएको दाबी गर्नुभयो । जेन जी आन्दोलनमा भएको दमनबारे उच्चस्तरीय न्यायिक छानविन समिति बनाएर छानविन हुनुपर्ने र कानूनअनुसार सजाय तोकिनुपर्ने बताउनु भयो ।