रसुवा । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।
जिल्ला बिपद कोषमा रहने गरि सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ४० थान पि.पि.ई., एन ९५ मास्क ४ सय थान र पन्जा १५ सय थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले हामीलाई धेरै सहज हुने बताउनुभयो । यस अघि पनि संम्सद आचार्यले स्वास्थ्य समाग्री जिल्लालाई उपलबध गराउनु भएको थियो ।