१३ असार २०८३, शनिबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य समाग्री प्रदान



अ+ अ-

रसुवा । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

जिल्ला बिपद कोषमा रहने गरि सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ४० थान पि.पि.ई., एन ९५ मास्क ४ सय थान र पन्जा १५ सय थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले हामीलाई धेरै सहज हुने बताउनुभयो । यस अघि पनि संम्सद आचार्यले स्वास्थ्य समाग्री जिल्लालाई उपलबध गराउनु भएको थियो ।