१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमाथि यूएईको सहज जित



अ+ अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा कतारलाई हराउँदै यूएईले विजयी सुरुवात गरेको छ।

बुधबार भएको खेलमा यूएईले कतारलाई ७ विकेटले हराएको हो । अल इमिरेट्स क्रिकेट मैदान ओमानमा कतारले दिएको ११९ रनको लक्ष्य पछ्याएको यूएईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

कतारका लागि कप्तान मिर्जा मोहम्मद बैगले सर्वाधिक ३० रन बनाए । शहजैब जमीलले २० रन, शारिक मुनीर र मोहम्मद तनवीरले समान १९–१९ रन जोडे भने इक्रामुल्लाह खानले १७ रनको योगदान दिए ।

यूएईका लागि बलिङमा मुहम्मद रोहिद ले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए भने जाहिद अली ले पनि २ विकेट हात पारे।

यो जितसँगै यूएईले टी-२० विश्वकप छनोटको सुपर सिक्सतर्फ आफ्नो यात्रा सहज बनाएको छ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ र आज (बुधबार) साँझ कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।