२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीलाई फुटाउने प्रयास नगर्न सुदन गुरुङको चेतावनी



अ+ अ-

काठमाडौँ । जेनजी अभियानका अगुवा सुदन गुरुङले आफ्नो आन्दोलन सधैं शान्तिपूर्ण रहेको र भविष्यमा पनि शान्तिपूर्ण नै रहने स्पष्ट पारेका छन् ।

गुरुङले आफ्नो नाम प्रयोग गरी कुनै पनि प्रकारका अपराधिक र हिंसात्मक गतिविधि भड्काउने काम भइरहेको भन्दै सो घटना नगर्न र यस्ता कार्यमा संलग्नहरूलाई कानुन बमोजिम कारवाही हुने चेतावनी गरेका छन् ।

उनले भनेका छन् “हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछस त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं ।”

सुदन गुरुङले राजनीतिक दलहरूलाई पनि खबरदारी गर्दै अहिले राजनीतिक षड्यन्त्रको उपयुक्त समय नभएको कुरा बुझ्नुपर्ने र जनता जागिसकेका भन्दै आन्दोलनलाई फुटाउन कुनै प्रयास नगर्न चेतावनी समेत दिएका छन् ।




भर्खरै