२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीलाई फुटाउने प्रयास नगर्न सुदन गुरुङको चेतावनी



अ+ अ-

काठमाडौँ । जेनजी अभियानका अगुवा सुदन गुरुङले आफ्नो आन्दोलन सधैं शान्तिपूर्ण रहेको र भविष्यमा पनि शान्तिपूर्ण नै रहने स्पष्ट पारेका छन् ।

गुरुङले आफ्नो नाम प्रयोग गरी कुनै पनि प्रकारका अपराधिक र हिंसात्मक गतिविधि भड्काउने काम भइरहेको भन्दै सो घटना नगर्न र यस्ता कार्यमा संलग्नहरूलाई कानुन बमोजिम कारवाही हुने चेतावनी गरेका छन् ।

उनले भनेका छन् “हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछस त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं ।”

सुदन गुरुङले राजनीतिक दलहरूलाई पनि खबरदारी गर्दै अहिले राजनीतिक षड्यन्त्रको उपयुक्त समय नभएको कुरा बुझ्नुपर्ने र जनता जागिसकेका भन्दै आन्दोलनलाई फुटाउन कुनै प्रयास नगर्न चेतावनी समेत दिएका छन् ।