२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छः राष्ट्रपति ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह ९हमास० बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताउनु भएको छ । सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोलीहरू सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ ।

सम्झौताको पहिलो चरण यसै हप्ता सुरु हुने उल्लेख गर्दै उहाँले सबै पक्षलाई दुःखको अन्त्य गर्न र शान्ति प्राप्त गर्न द्रुत गतिमा अघि बढ्न आग्रह गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपतिले ट्रम्पले हमासको प्रतिक्रियालाई स्वागत गर्दै, अमेरिकाले इजरायल र हमास बीचको सम्झौताले इजरायलका लागि ठूलो सम्झौताको प्रतिनिधित्व गर्ने जनाउनु भएको छ । जसमा २०–बुँदे अमेरिकी प्रस्तावका प्रमुख प्रावधानहरूको स्वीकृति समावेश छ ।

यस योजनामा शत्रुता अन्त्य गर्ने, गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताउनु भएको छ । यद्यपि, उहाँले हामासले शक्ति त्याग्न र गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गरे उसले पूर्ण रूपमा उन्मूलनको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा गाजामा चलिरहेको युद्धको अन्त्य गर्ने, पुनः र्निर्माणको लागि मार्ग प्रशस्त गर्ने र पट्टीमा स्थायी मानवीय र राजनीतिक स्थिरता स्थापना गर्ने विस्तृत सम्झौतामा पुग्न क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पछि वार्ता प्रत्रिया अघि बढेको जनाइएको छ ।