१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपा अध्यक्ष प्रभु साहको पुर्वनिर्धारित सम्पुर्ण कार्यक्रम स्थगित, बाढिपहिरो पीडितको राहत,उद्धारमा जुटन निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) ले अहिले बाढी, पहिरो, बर्षाले मुलुक संकटको सामना गरिरहेको बेला आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको संकटमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुटन पार्टीका नेताकार्यकर्तालाई अनुरोध गरेका छन ।

साथै पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजना हुने दशैं, दिपावली, छ्ठ पर्वका पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम स्थगित गरिएको उनले जनाएका छन ।

`यस संकटको घडीमा आपसी सद्भाव, एकता, सहयोग र मानवीय संवेदनाका साथ यस विपद्को सामना गर्न प्रभावित क्षेत्रहरूमा युद्ध स्तरमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि हाम्रो सिङ्गो पार्टी पंक्ति सहित सम्पूर्ण सरोकारवाला निकायहरुलाई परिचालित रहन विशेष आह्वान समेत गर्दछौं,´ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशभर जारी भिषण वर्षा, बाढी, डुबान र पहिरोका कारण विभिन्न स्थानहरूमा संचार तथा यातायात सेवा अवरोध र आम जनजीवन समेत अस्तव्यस्त भई ठुलो मात्रामा जनधनको क्षति हुनसक्ने सम्भावनप्रति आजपा गम्भीर चिन्तित रहेको बताईएको छ ।

`हाम्रो आम जनता पार्टी (आजपा) का विभिन्न कमिटीहरूद्वारा महान पर्व दशैं, दिपावली तथा छठको पावन अवसरमा राष्ट्रिय अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएका प्रशिक्षण, भेटघाट तथा शुभकामना आदानप्रदान लगायतका सबै कार्यक्रमहरू आकष्मिक रूपमा नागरिकको सुरक्षा, राहत र सहयोग कार्यलाई प्राथमिकतामा राखेर तत्कालका लागि स्थगन गरिएको विषय जानकारी गराइन्छ,´ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजपाले सर्वसाधारण नागरिकहरूलाई जलजन्य रोगहरू फैलिन नदिनका लागि सफा खानेपानी, सरसफाइ र स्वास्थ्य सर्तकतामा विशेष ध्यान दिई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान, आवश्यक परे नजिकको सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क एवं समन्वय गर्न समेत अनुरोध गरेको छ ।