२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परदेशमा दशैं, संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास -फोटो फिचर



अ+ अ-

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास गर्दै दशैं मनाएका छन् । नेपालीहरुको मौलिक पर्व दशैंमा विजयादशमीको टीका लगाइएको छ ।

दशैं  परदेशमा रहेका नेपालीका लागि पनि आत्मीयता, सम्झना र संस्कृतिसँगको भावनात्मक डोरो हो। नेपालभित्र जस्तो रमाइलो, टीका–जमराको रौनक नभए पनि परदेशमा दशैंले आफ्ना आफ्ना शैलीमा संस्कृति जोगाउने र आत्मीयता बाँड्ने अवसरका रुपमा लिने गरिन्छ ।

विदेशमा रहेका नेपालीहरू दशैं आउँदा झन् भावुक हुन्छन्, तर, दूरीले परिभाषित नगर्ने भावनाले उनीहरूलाई एकै ठाउँमा ल्याउँने गर्दछ ।जो–जुन देशमा बसेका छ त्यही देशमा विजयादशमीको टीका लगाइएको छ।

अमेरिका, युरोप, अस्ट्रेलिया वा खाडी मुलुकहरू—जहाँसुकै भए पनि नेपाली समुदायले मिलेर दशैंको कार्यक्रम आयोजना गर्ने परम्परा बढ्दो छ। अहिले २२ लाखभन्दा धेरै नेपाली विदेशमा छन् । १ सय ५० भन्दा बढी देशमा नेपाली पुगेका छन् । तर जहाँ पुगे पनि उनीहरुले आफ्नो संस्कृति र परम्परा भुलेका छैनन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका लगाउने शुभसाइत देशअनुसार फरक–फरक निकालिदिएको थियो । त्यही अनुसार नेपालीहरुले टीका लगाएका हुन् ।  सामूहिक टीका, सांस्कृतिक कार्यक्रम, परिकारको साझेदारीमार्फत नेपालीपनलाई जीवित राख्ने प्रयास हुन्छ। धेरैजसो नेपालीहरू काम वा पढाइका कारण घर आउन नसके पनि साथीसँगै मनाउने कार्यक्रमले त्यो कमी केही हदसम्म पुरा गर्छ।

दशैं आउँदा नेपालका गाउँ–सहर सजिन्छन्, घरघरमा चहलपहल बढ्छ, परिवारभित्रको आत्मीयता झनै प्रगाढ हुन्छ । तर परदेशमा रहेकाहरुलाई परिवारसँगै दशैं मनाउने अवसर मिल्दैन । घर परिवारसँग मिलेर दशैं मनाउन नमिले पनि उनीहरुले नेपाली समुदायसँग मिलेर भने पनि दशैं बनाउँछन् ।

दशैं केवल धार्मिक पर्व मात्रै होइन, परिवारबीचको भेटघाट, आत्मीयता र एकताको पर्व हो । यो कुरा बुझेका विदेशमा रहेका नेपाली कसैले साथीहरूसँग कोठामा जमरा राखे, कसैले नेपाली संघ–संस्थाले आयोजना गर्ने सामूहिक पूजामा सहभागी भए त कसैले कामको व्यस्तताबीच मोबाइलमा परिवारसँग भिडियो कल गरेर टीका ग्रहण गरेका छन् ।

दशैंको माध्यमबाट परदेशमा रहेका नेपालीले आफ्ना बालबालिकालाई नेपाली संस्कृति, परम्परा र मूल्यबोध सिकाउने गर्छन्। परदेशमा जन्मिएका वा हुर्किएका पुस्ताले नेपाली संस्कृतिको मूल जरा नबिर्सून् भनेर टीका–जमराको विधि, देवीपूजाको महत्व र पारिवारिक एकताको सिक्ने अबसरका रुपमा पनि लिने गरिन्छ ।

आजको डिजिटल युगमा परदेशी नेपालीहरू दशैंलाई अझ नजिक ल्याउन सामाजिक सञ्जाल र भर्चुअल भेटघाटलाई माध्यम बनाउँछन्। भर्चुअल टीका, अनलाइन शुभकामना आदान–प्रदान, भिडियो कलमार्फत घरमा हुने उत्सवसँग जोडिएका हुन्छन् ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्षोल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विदेशा बस्ने नेपालीले पनि विशेष महत्वका साथ मनाउने गर्दछन् ।