७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको दुर्लभ सामूहिक बैठक सम्बोधन

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको दुर्लभ सामूहिक बैठक सम्बोधन
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यस असामान्य भेलाको कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन ।

अमेरिकी सेनाले हाल देशभित्र र विदेशमा विवादहरूको सामना गरिरहेको छ । राष्ट्रपति ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना तैनाथ गर्नुभएको छ र क्यारिबियनमा साना, कथित लागूऔषध बोक्ने डुङ्गाहरूमा घातक आक्रमणको आदेश दिनुभएको थियो । पदभार सम्हालेपछि उहाँले इरानी आणविक केन्द्रहरू र तेहरान समर्थित यमनी विद्रोहीहरूमा पनि आक्रमण गर्न आदेश दिनुभएको छ ।

ह्वाइट हाउसले ७९ वर्षीय रिपब्लिकन राष्ट्रपतिको कार्यक्रमलाई ‘युद्ध विभागलाई टिप्पणी’ शीर्षकमा बिहान ९ बजे (१३०० जिएमटी) तालिकाबद्ध गरेको छ । गत हप्ताको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यो बैठकलाई ‘उत्कृष्ट अवसर’ भन्दै जनरल तथा एडमिरलहरूसँग प्रत्यक्ष संवाद गर्न पेन्टागन प्रमुख पिट हेग्सेथको प्रशंसा गर्नुभएको थियो ।

उपराष्ट्रपति जे।डी। भान्सले यसलाई ‘असामान्य होइन’ भन्दै स्पष्टिकरण दिनुभयो भने, पेन्टागनका प्रवक्ता सीन पार्नेलले केवल हेग्सेथले आफ्ना वरिष्ठ सैन्य नेताहरूलाई सम्बोधन गर्ने जानकारी मात्र दिनुभयो ।

पेन्टागनमा शेकअप
यो बैठकमा एक–तारा वा माथिका पदाधिकारीहरूलाई एकैसाथ भेला गरिनेछ, जसका कारण ठूला निर्णय वा घोषणाबारे अड्कलबाजी बढेको छ ।

मे महिनामा हेग्सेथले अमेरिकी सेनामा जनरल र फ्ल्याग अफिसरहरूको सङ्ख्यामा कम्तीमा २० प्रतिशत कटौतीको आदेश दिनुभएको थियो । यसअघि फेब्रुअरीमा पेन्टागनले नागरिक कर्मचारीमा पनि कम्तीमा पाँच प्रतिशत कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स ‘सीक्यु’ ब्राउनलगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ । यस वर्ष मात्र नौसेना, तटरक्षक, राष्ट्रिय सुरक्षा एजेन्सी, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुखहरू, वायु सेनाका उप प्रमुख, नाटोमा नियुक्त एडमिरल तथा तीन वरिष्ठ सैन्य वकिलहरू बर्खास्त गरिएको छ ।

यसैबेला अमेरिकी सेनाले यस वर्षको सुरुआतमा इरान समर्थित यमनका हुथी विद्रोहीहरूलाई दुई महिनासम्म आक्रमण गरेको थियो र तेहरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा समेत आक्रमण गरेको थियो ।

अमेरिकाभित्र लस एन्जलस र वासिङ्टन डिसीमा सेना तैनाथ गरिएको छ, जसलाई ‘नागरिक अशान्ति र अपराध नियन्त्रण’ को नाम दिइएको छ । यस्तै कदम पोर्टल्यान्ड र मेम्फिसअन्य सहरमा पनि योजना गरिएको छ ।