२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको दुर्लभ सामूहिक बैठक सम्बोधन



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यस असामान्य भेलाको कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन ।

अमेरिकी सेनाले हाल देशभित्र र विदेशमा विवादहरूको सामना गरिरहेको छ । राष्ट्रपति ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना तैनाथ गर्नुभएको छ र क्यारिबियनमा साना, कथित लागूऔषध बोक्ने डुङ्गाहरूमा घातक आक्रमणको आदेश दिनुभएको थियो । पदभार सम्हालेपछि उहाँले इरानी आणविक केन्द्रहरू र तेहरान समर्थित यमनी विद्रोहीहरूमा पनि आक्रमण गर्न आदेश दिनुभएको छ ।

ह्वाइट हाउसले ७९ वर्षीय रिपब्लिकन राष्ट्रपतिको कार्यक्रमलाई ‘युद्ध विभागलाई टिप्पणी’ शीर्षकमा बिहान ९ बजे (१३०० जिएमटी) तालिकाबद्ध गरेको छ । गत हप्ताको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यो बैठकलाई ‘उत्कृष्ट अवसर’ भन्दै जनरल तथा एडमिरलहरूसँग प्रत्यक्ष संवाद गर्न पेन्टागन प्रमुख पिट हेग्सेथको प्रशंसा गर्नुभएको थियो ।

उपराष्ट्रपति जे।डी। भान्सले यसलाई ‘असामान्य होइन’ भन्दै स्पष्टिकरण दिनुभयो भने, पेन्टागनका प्रवक्ता सीन पार्नेलले केवल हेग्सेथले आफ्ना वरिष्ठ सैन्य नेताहरूलाई सम्बोधन गर्ने जानकारी मात्र दिनुभयो ।

पेन्टागनमा शेकअप
यो बैठकमा एक–तारा वा माथिका पदाधिकारीहरूलाई एकैसाथ भेला गरिनेछ, जसका कारण ठूला निर्णय वा घोषणाबारे अड्कलबाजी बढेको छ ।

मे महिनामा हेग्सेथले अमेरिकी सेनामा जनरल र फ्ल्याग अफिसरहरूको सङ्ख्यामा कम्तीमा २० प्रतिशत कटौतीको आदेश दिनुभएको थियो । यसअघि फेब्रुअरीमा पेन्टागनले नागरिक कर्मचारीमा पनि कम्तीमा पाँच प्रतिशत कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स ‘सीक्यु’ ब्राउनलगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ । यस वर्ष मात्र नौसेना, तटरक्षक, राष्ट्रिय सुरक्षा एजेन्सी, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुखहरू, वायु सेनाका उप प्रमुख, नाटोमा नियुक्त एडमिरल तथा तीन वरिष्ठ सैन्य वकिलहरू बर्खास्त गरिएको छ ।

यसैबेला अमेरिकी सेनाले यस वर्षको सुरुआतमा इरान समर्थित यमनका हुथी विद्रोहीहरूलाई दुई महिनासम्म आक्रमण गरेको थियो र तेहरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा समेत आक्रमण गरेको थियो ।

अमेरिकाभित्र लस एन्जलस र वासिङ्टन डिसीमा सेना तैनाथ गरिएको छ, जसलाई ‘नागरिक अशान्ति र अपराध नियन्त्रण’ को नाम दिइएको छ । यस्तै कदम पोर्टल्यान्ड र मेम्फिसअन्य सहरमा पनि योजना गरिएको छ ।