३१ श्रावण २०८३, आईतवार
,
Latest
कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीच एकीकरण



अ+ अ-

आयोवा (अमेरिका ) । अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीच एकीकरण भएको छ।

बडादसैँको अबसरमा शनिबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा इस्टर्न आयोवा नेपाली समाज र सानो नेपाल—बीच एकीकरण भै इस्टर्न आयोवा नेपाली समाज गठन भएको छ।

सानो नेपाल करिब एक दशकदेखि सक्रिय थियो भने इस्टर्न आयोवा गत वर्ष मात्रै स्थापना भएको थियो। शंकर बरालको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा ध्रुव अर्याल- उपाध्यक्ष, प्रतिभा शर्मा -सचिव र हरि शर्मा -कोषध्यक्षमा चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा रचना कक्षपति श्रेष्ठ, रामचन्द्र अर्याल, चन्द्रा सुनार ,श्याम उदास र खगेन्द्र मिश्र चयन हुनु भएको छ । यसैगरी डा. प्रभिन श्रेष्ठ,डा. रुप सैंजु , डा .हेम शर्मा पौडेल ,डण्डा बी कार्की र रामकृष्ण सुनारलाई सल्लाहकारमा चयन गरिएको छ ।

सो अवसरमा दशौँ विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

 




भर्खरै