काठमाडौं । बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको हो ।
झन्डै २५२६ जना यात्रु लिएर पुर्कोट दह जाँदै गरेको गाडी आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा २ जना यात्रुको घटनास्थल मै मृत्यु भएको र २० जना भन्दा धेरै घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा घाईते हुने यात्रुहरुलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।










