४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू



अ+ अ-

कास्की। दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको योजना कार्यान्वयनका लागि जिल्लामा ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सडक सुरक्षाका लागि नियमित सवारीसाधनको जाँच तथा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । नियम विपरीत चर्को भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कडाइपूर्वक निगरानी तथा कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको जाँच, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिएको सूचना अधिकारी बस्नेतले बताउनुभयो ।

नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी र सुरक्षा सावधानी अपनाइएको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले पनि चाडपर्वका बेला सवारी आवागमन र यात्रु सहजताको अनुगमन गर्दै आएको छ । रासस