२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाह्री कर



अ+ अ-

एकान्त्वासमा रहंदा धेरैले दाह्री पालेको फोटो सार्वजनिक गरेका छन् । मैले दाह्री नकाटेको पनि आज ठ्याक्कै एक महिना भएछ । घरबाट बाहिर निस्कनु नपर्ने दिनमा म संधै द्विविधामा हुन्छु-दाह्री काटौं कि नकाटौं भनेर । सामान्य अवस्थामा सप्ताहन्तमा म दार्ही काट्ने गर्दिन । अहिले त हरेक दिन सप्ताहन्त भएकोले दाह्री काटी राख्नु जरुरत भएन ।

रुसी सम्राट पिटर महानको पालामा भएको भए यसरी दार्ही नकाटे बापत निक्कै रकम ‘दार्ही कर’ दाखिला गर्नु पर्ने हुन्थ्यो । पिटर महानले रसियनहरु पनि पश्चिमी युरोपियनहरु झैं संस्कारयुक्तदेखिउन भन्ने उद्देश्यले सन १६९८ मा रुसमा ‘दार्ही कर’ लगाउन सुरु गरेका थिए । सामाजिक स्तर अनुसार यो करको दायर निर्धारण गरिन्थ्यो । साहु महाजन र कुलीन बर्गका मानिसहरुबाट बढी कर असुलिन्थ्यो । साहु-महाजनका लागि १०० रुबल, दरबारियाका लागि ६० रुबल र सरकारी कर्मचारी र मस्कोबासीहरुले ३० रुबल तिर्नु पर्ने हुन्थ्यो। किसान र पादरीहरुलाई भने दाह्री कर मिनाहा गरिएको थियो । किसानहरु शहर आउनु पर्दा प्रत्येक पटक थोरै दस्तुर तिर्नु पर्थ्यो– २ कपेक (पैसा) ।

समयक्रममा उनले बसालेको करको रकम परिमार्जित हुँदै गयो । केहि समय सबैले समान रुपमा ५० रुबल दाह्री कर तिर्नु पर्ने नियम बसाले पनि त्यो धेरै समय टिकेन । त्यो बेलाको सहकालमा यो कर बापत लगाईएको शुल्क चर्कै हो भन्नु पर्छ । इतिहासकारहरुले उल्लेख गरेका छन्( दार्ही कर बापत उठेको रकमले राज्यको खजानामा निक्कै ठुलो धनराशी जम्मा हुने गर्थ्यो ! दाह्रीकर तिरेका मानिसहरुलाई कर चुक्ता प्रमाण पत्र स्वरूप एक प्रकारको सिल्भर टोकन वा ढक दिने गरिन्थ्यो, एक बर्षसम्म मान्य हुनेगरी । टोकनमा लेखिएको हुन्थ्यो- रकम असुल गरिएको छ। दाह्री पाल्नेहरुले त्यो ढक लिएर हिड्नु पर्थ्यो ।

बेलाबेलामा कडा हुने र खुकुले पार्ने गरे पनि यो कर प्रणाली रुसमा लामै समय कायम रह्यो । सम्राट अलेकेंजेंडर द्वितीय, जो आफैं पनि लामो दार्ही पाल्न मन पराउथें, को पालामा मात्रै यो कर प्रणाली ख़ारेज गरिएको थियो ।

जिवा लामिछानेको फेसबुकबाट