२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले ट्स हार्‍यो



अ+ अ-

काठमाडौँ। वेष्ट इण्डिजविरुद्धको टी-२० अन्तरराष्ट्रिय क्रिकेट खेलमा नेपालले ट्स हारेको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको ट्समा वेस्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँंगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिजविरुद्ध खेल्न लगेको हो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।

आगामी सातादेखि ओमानमा हुने आइसिसी टी-२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्टइण्डिजसँग टी-२० अन्तरराष्ट्रिय खेलको सिरिज खेल्न लागेको हो ।रासस