२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु कार्यालयद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी



अ+ अ-

भोजपुर। भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

सेवाग्राहीलाई सजजता थप्नको लागि गत साउन १ गतेबाट अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिनुभयो ।
सेवाग्राहीलाई विभिन्न काम गर्ने क्रममा कुनै समस्या नहोस् भन्नको लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको कार्यालयको भनाइ छ ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ। स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्व–रोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ । रासस