१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्वारा विज्ञापन बोर्डको सेवा प्रवाहको जानकारी



अ+ अ-

काठमाडौँ। विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको थियो ।

सञ्चारमन्त्री खरेलले बोर्डले सम्पादन गरिरहेका काम कारवाहीका बारेमा जानकारी लिनुभएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिनुभयो ।

सो अवसरमा बोर्डका तर्फबाट सञ्चारमन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा विषयमा छलफल भएको थियो ।

प्रदेश सरकार र स्थानिय तहको सहभागीता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाकालागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईले उल्लेख गर्नुभयो । रासस