११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा
अ अ+ अ-

तम्घास। धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्यचौकी छन् ।

धुर्कोट–६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा सञ्चालन भएरहेको छ । उक्त अस्पतालमा हाल दुई जना विशेषज्ञ चिकित्सकसमेत छन् । बाँकी रहेका छवटा स्वास्थ्यचौकीमा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो ।

रजस्थलमा रहेको आधारभूत अस्पतालसहित नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु र वाग्ला स्वास्थ्यचौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

ल्याब सेवासहित सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालन भएसँगै सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालनका लागि सबै स्वास्थ्य संस्थामा ल्याब असिस्टेनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।

वडामा ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाबगायत परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । गर्भवतीसहित अन्य बिरामीको रगत परीक्षण लगायत सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताए । “अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो, गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एकपटक तम्घास जानुपर्ने बाध्यता थियो, अब उक्त सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ”, उनले भने ।

स्वास्थ्यचौकीबाट योभन्दा अगाडि चौबीसै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोगको परीक्षण, सरकारले तोकेका औषधिको उपलब्धतालगायत सेवा प्रदान हुँदै आएको स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले जानकारी दिए । रासस