२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? डा- रवीन्द्र पाण्डे



अ+ अ-

प्रिय सरकार ! सरकार जनताको अभिभावक हो । आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो । यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो । गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो ।

  • मेरो सरकार १ सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो । प्याजमा भएका पत्र अर्थात लेयरले हाम्रो सरकारलाई घेरे कि रु संसारका अरु देशमा सागजस्ता सरकार छन् । कुनै पत्रले नघेरिएका, पानीको थोपा पनि ग्रहण गर्ने, असिनाका दाना पनि सहने अनि आफु चिमोटिएर जनताको हातमुख जोड्न पनि सहयोग गर्ने । के प्याज सरकार हाम्रो नियति हो ?
  • टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल हेर्दा आँखाबाट आँशुका थोपा यसै भत्किन्छन् । मुटु चिसो भएर आउँछ, मनमा तुफान चल्छ । ती सयौं भोका मान्छेको लस्कर, रोगी मान्छेको लस्कर, सुत्केरी र शिशुहरुको रोदन । उनीहरु हाइकिंगको लागि हिंडेका हैनन्, कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन् । उनीहरु सरकारको बिरोध गर्न बिद्रोहमा उत्रेका आतंककारी हैनन् । मेरो सरकार १ तिनीहरु पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्, सिटामोलको गोली किन्ने खुबी नभएका पानीमरुवा हुन् । उनीहरुले सरकारको बिरोधमा नारा लगाएका छैनन् । नपत्याए प्याजका पत्रहरू खोलेर सुन, उनीहरु मनमनै भन्दैछन् – कि खान देऊ, कि घर जान देऊ । तिनीहरुलाई आफ्ना हातसँग झोंक चलेको छ, त्यो स्वस्तिक चिन्ह मतपत्रमा ठोक्ने हातलाई सिलौटामा राखेर लोराले कचस्कचस् थिच्ने मन लागेको छ ।
  • मेरो सरकार १ सहरमा भोकै मर्ने भयौं, गाउँमा खनखोरस गरेर बाँच्छौं भन्ने ती देशद्रोहीलाई सहर निकाला गर । एउटा कोठा लिएर पढ्न बसेका बिद्यार्थीलाई सहरबाट लेखेट । त्यस्ता सर्वहारालाई यो मिठो धुन बज्ने तथा सप्तरंगी फूल फुल्ने सहरबाट गाडीमा हालेर सहर निकाला गर ।
  • मेरो सरकार १ सिमानाबाट भित्र आउनुपर्ने बाहिर छन्, बाहिर हुनुपर्ने भित्र आइरहेका छन् । सयौं किलोमिटर तातो अलकत्रे बाटोलाई खुट्टाले नाप्दै नाप्दै सिमाना पारी पाल टाँगेर बसेका ती भोकानांगाहरु सरकारलाई स्वस्तिक छाप हानेका देशद्रोही हुन् । रोग, भोक र शोकले ती यति आक्रान्त छन् कि आफ्नै माटोमा आस र सास बिसाउने अन्तिम इच्छा छ, उनीहरुको । उनीहरुलाई सिमा निकाला गरेर गाउँमा पठाउन पाए सरकारको मिठो निद्रा कसैले बिथोल्ने थिएन कि ?
  • प्रिय सरकार १ खाडीको धुपमा पसिनाको धारा चुहाएर रेमिट्यान्सले सरकार पालेका ती भुस्तिघ्रेहरु जागिर गएर मर्नु न बाँच्नु भएका छन् । उनीहरु भन्दैछन, हामीलाई देश फर्काउ सरकार ! हामीले बाँझो जमिनमा सुन फलाएर सरकारलाई पाल्नेछौं । पाल्ने कुरो गर्दैछन त ! कि तुरुन्त चार्टर गरेर ल्याउने हो ? महिना क्वारेन्टाइनमा बस्न पनि तयार छन् उनीहरु । यो त फाइदाको कुरा गरे त !
  • मेरो सरकार १ कोरिया, जापान, इजरायल, युरोप, अमेरिकादेखि सयौं देशमा रहेपनि छातीमा नेपाल बोकेका लाखौँ जनताहरुलाई नेपाल ल्याउने यहि मौका हो । उनीहरु ज्ञान, सिप र अनुभवले उम्दा छन् । उस्तै परे उनीहरुले नेपालको बिकासमा नयाँ मोडेल ल्याउनेछन् । देशको अर्थतन्त्रलाई माथि उठाउनेछन् । सरकार धनी हुनेछ । कि महादेवको तेस्रो आँखा खोल्ने हो ? यसो गर्दा प्याजका पत्रलाई पनि फाइदा, प्याजका दर्जनौं पत्रभित्र विराजमान सरकारलाई पनि फाइदा ।
  • मलाइ डर छ सरकार ! दैनिक ज्यालादारीलाई खै राहत रु न्यून आय भएका व्यक्तिलाई खै हातमुख जोड्ने प्रबन्ध ? भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? अप्रिय नारा लागे भने ? खानपिनप्रेमिको भण्डार कब्जा भयो भने ? अर्को शक्ति उदाएर यो अकन्टक सत्तालाई ग्रिलभित्र राख्यो भने ? विदेशीका बुट यो कोमल छातीमाथि बज्रिए भने ? जनताले ’ जसको भारी बोकेपनि बोक्ने न हो ‘ जस्तो प्रतिक्रियाबादी जवाफ दिए भने रु त्यो भान्सा, त्यो खानपिन । सोंच्दै मुटु ढुकढुक हुन्छ, मेरो सरकार !

लौन १ अझै समय घर्केको छैन !




भर्खरै