५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



अ+ अ-

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अबरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो। यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्।

सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए।