२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक आज रातिबाट सुचारु गर्ने तयारी



अ+ अ-

काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिक दुई दिनदेखि खसेको ठूलो पहिरो अन्ततः हटाउने काम अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, फ्लड लाइट जडान गरेर रातिको समयमा पनि निरन्तर पहिरो हटाउने कार्य भइरहेको छ। आजै सडक सञ्चालनमा ल्याउने तयारीसहित पहिरो पन्छाइए पनि उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई ठूलो असुविधा भएको छ।

सडक बन्द हुँदा लामो दूरीका बस, ट्रक र मालवाहक सवारी बीचमै अलपत्र परेका थिए। केही सवारी भने वैकल्पिक मार्ग हुँदै सञ्चालनमा आएका थिए। अब बाटो खुल्नासाथ रोकिएका सवारीले सहजै आवागमन गर्ने जनाइएको छ।