२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक आज रातिबाट सुचारु गर्ने तयारी



अ+ अ-

काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिक दुई दिनदेखि खसेको ठूलो पहिरो अन्ततः हटाउने काम अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, फ्लड लाइट जडान गरेर रातिको समयमा पनि निरन्तर पहिरो हटाउने कार्य भइरहेको छ। आजै सडक सञ्चालनमा ल्याउने तयारीसहित पहिरो पन्छाइए पनि उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई ठूलो असुविधा भएको छ।

सडक बन्द हुँदा लामो दूरीका बस, ट्रक र मालवाहक सवारी बीचमै अलपत्र परेका थिए। केही सवारी भने वैकल्पिक मार्ग हुँदै सञ्चालनमा आएका थिए। अब बाटो खुल्नासाथ रोकिएका सवारीले सहजै आवागमन गर्ने जनाइएको छ।